फिल्म निर्देशनमा ‘तक्मे बूढा’, हिरोमा धिरज फाइनल !!

सेयर गर्नुहोस्

नेपाल समाचार 

-कलाकार विल्सनविक्रम राई ‘तक्मे बूढा’ ले फिल्म निर्देशनमा हात हाल्ने भएका छन् । उनको डेब्यू लेखन र निर्देशनमा फिल्म ‘मैझारो’ बन्ने भएको हो ।

विल्सनले सोमबार फिल्म निर्माणको घोषणा गरेका हुन् । उनका अनुसार फिल्मको शीर्ष नायकमा धिरज मगर फाइनल भएका छन् ।

फिल्ममा अन्य कलाकार चयनको काम भने बाँकी रहेको उनले बताएका छन् । ‘मैझारो’ उनकै ‘तक्मे प्रोडक्सन’ को ब्यानरमा बन्ने बताइएको छ ।

यो पनि : फागुन १ बन्यो प्राइम डेट : चार फिल्मको रिलिज-डेट सेट

फिल्मको छायाङ्कन इलाम र पाँचथरका विभिन्न स्थानमा गर्ने योजनामा रहेको विल्सनले बताएका छन् । पूर्वी पहाडको जीवनशैलीमा आधारितक कथामा यो फिल्म बन्ने उनले बताए ।

विल्सन टेलिसिरियल ‘मेरी बास्सै’ बाट चर्चामा आएका कलाकार हुन् । उक्त सिरियलमा उनले ‘तम्के बूढा’ को भूमिका निर्वाह गर्थे । त्यहीबाट उनी चर्चामा आएका हुन् ।

विल्सन ठूलो पर्दाको सहायक भूमिकामा पनि रुचाइएका कलाकार हुन् । उनले दर्जनौं फिल्ममा सहायक भूमिका निर्वाह गरेका छन् ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *