अस्ट्रेलिया र वेस्ट इन्डिज टेस्टमा बलर हाबी : एकै दिन १४ विकेट

सेयर गर्नुहोस्

नेपाल समाचार
-वेस्ट इन्डिज र अस्ट्रेलियाको पहिलो टेस्टमा बलर हाबी भएका छन्। ब्रिज टाउनमा जारी टेस्टको पहिलो दिन नै १४ विकेट खसेको छ। अस्ट्रेलिया १८० रनमा सीमित भएपछि ब्याटिङ सुरु गरेको वेस्ट इन्डिजले पहिलो दिनको खेल सकिँदा चार विकेटको क्षतिमा ५७ रन जोडेको छ। घरेलु टोली वेस्ट इन्डिजका ब्रान्डन किङले २३ तथा कप्तान रोस्टन चेजले १ रनबाट दोस्रो दिनको पारीको सुरुवात गर्ने छन्।

अस्ट्रेलियाका मिचेल स्टार्कले २ विकेट लिए भने कप्तान प्याट कुमिन्स र जोस हजेलउडले समान १ विकेट लिए।

यसअघि अस्ट्रेलियाका लागि कप्तान ट्रेभिस हेडले सर्वाधिक ५९ तथा उस्मान खवाजाले ४७ रन जोडे। कप्तान कुमिन्सले भने १८ बलमै २८ रन जोडे। बेउ वेबसेटरले ११ रन जोडे भने अन्य कुनै पनि व्याटरले दोहोरो अङ्क छुन सकेनन्।

वेस्ट इन्डिजका जाइडन सिल्सले पाँच तथा सामर जोसेफले चार विकेट लिए।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *