आउने भयो ‘बिग बोस सिजन १९’

सेयर गर्नुहोस्

नेपाल समाचार
-भारतको चर्चित रियालिटी शो ‘बिग बोस’को १९ औं सिजन चाँडै प्रशारणमा आउने भएको छ ।

टेलिभिजन शो र निर्माण पक्षबीच सहमति हुन नसक्दा यो शोको प्रशारण अन्योलमा परेको थियो ।

सोहीकारण केही समयअघि ‘बिग बोस’को कार्यक्रम नै रद्द भएको समाचार बाहिरिएको थियो ।

अब भने यो कार्यक्रम सुचारु हुने छनक देखिएको छ । भारतीय मिडिया बलिउड लाइफका अनुसार यस शोका निर्माण कम्पनी कलाकार र टेलिभिजन च्यानलसँग सम्पर्कमा जुटिसकेको छ ।

अगस्टमा कार्यक्रम प्रशारण गर्ने हिसाबले निर्माता कम्पनीले काम अगाडि बढाएको उक्त मिडियाले उल्लेख गरेको छ । अगस्ट ३ मा यो शो प्रशारणमा आउने निश्चित जस्तै छ ।

विगतमा जस्तो यो सिजनमा सामाजिक सञ्जालमा भाइरल र सोसल मिडिया इन्फ्लुएन्सरलाई सहभागी नगराउने निर्णय भएको निर्माण पक्षले बताएको छ ।

यो पटक कलाकार र सेलिब्रिटीहरु मात्र प्रतिस्पर्धी हुनेछन् । शोको होस्टमा बलिउड नायक सलमान खान नै दोहोरिने निर्माण पक्षले बताएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *