‘सितारे जमिन पर’का विशेष क्षमता भएका कलाकारले भेटे शाहरुखलाई

सेयर गर्नुहोस्

नेपाल समाचार
बलिउड अभिनेता आमिर खानले विशेष क्षमता भएका व्यक्तिहरुलाई लिएर फिल्म ‘सितारे जमिन पर’ बनाएका छन् ।

यो फिल्म फरक क्षमता भएका व्यक्तिहरुको कथामा नै आधारित छ । त्यसैले उनले फिल्ममा फरक क्षमता भएकै कलाकारहरुलाई अभिनय गराएका हुन् ।

यो फिल्मको बिहीबार मुम्बईको एक फिल्म हलमा विशेष प्रिभ्यू गरिएको थियो । त्यहाँ बलिउड थुप्रै कलाकार उपस्थित थिए । तर, कार्यक्रमको मुख्य आकर्षण भने नायक शाहरुख खान बने ।

शो सकिएपछि फिल्मका कलाकारहरुलाई शाहरुखसँग भेट्ने प्रबन्ध मिलाइएको थियो । अहिले फिल्मका विशेष क्षमता भएका कलाकारहरुले शाहरुखसँग साक्षात्कार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

उक्त्त भिडियोमा शाहरुखले फरक क्षमता भएका कलाकारलाए अङ्कमाल गरेको, आत्मियाता देखाएको र उनीहरुले शाहरुखसँग तस्बिर खिचेको देख्न सकिन्छ ।
‘सितारे जमिन पर’ शुक्रबारबाट विश्वव्यापीरुपमा प्रदर्शनमा आएको छ ।

(Visited 4 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *