नेपाल समाचार
फिफा क्लब विश्वकप अन्तर्गत बुधवार राति भएको खेलमा मोन्टेरी र इन्टर मिलान बराबरीमा रोकिएका छन्।
खेलको २५ औँ मिनेटमा नजिकैको दुरीबाट शक्तिशाली हेडमार्फत् भेट्रान रक्षक सजियो रामोसले मोन्टेरीलाई अग्रता दिलाएका थिए।
पहिलो हाफ सकिन अघि लारटारो मार्टिनेजले इज्टरका लागि पहिलो गोल गरे। मार्टिनेजको यो गोलसँगै दुवै टिमले १-१ को बराबरी गरेका हुन्।
फिफा क्लब विश्वकप अन्तर्गत नै बुधबार भएका अन्य खेलमा मेमाल्डी सन डाउनसले उल्सान एजडीलाई १-० ले हरायो भने म्यानचेस्टर सिटीले वाइसाड कासाब्लान्कासँगको खेलमा २-० को सफलता पायो।
(Visited 10 times, 1 visits today)