भारतीय कलाकार प्रदीप रावत दोहोरिने भए चन्द्र पन्तको फिल्ममा

सेयर गर्नुहोस्

नेपाल समाचार
गत वर्ष प्रदर्शनमा आएको ‘ह्रस्व दीर्घ’बाट निर्देशनमा डेब्यू गरेका चन्द्र पन्तले फेरि अर्को फिल्म ‘आँबाट आमा’ बनाउने तयारीमा छन् । अहिले यस फिल्मका लागि कलाकार चयनको काम भइरहेको छ ।

‘ह्रस्व दीर्घ’मा चन्द्र पन्तले भारतीय कलाकारहरु ब्रह्मानन्द, प्रदीप रावत, सुनील वर्मालगायतलाई अभिनय गराएका थिए ।

दोस्रो फिल्ममा पनि चन्द्रले भारतीय कलाकार प्रदीप रावतलाई अभिनय गराउने भएका छन् । पन्तले रावत फिल्ममा अनुबन्ध भएको खबर शुक्रबार सार्वजनिक गरेका हुन् ।

यसअघि नै फिल्ममा पल शाह र नायिका विपना थापा अनुबन्ध भइसकेको छन् । निर्देशक पन्तका अनुसार प्रदीप पल शाहको बुवाको भूमिकाका लागि अनुबन्ध भएका हुन् ।

पन्तले रावतको भूमिकाबारे थपे, ‘उहाँले नेपाली स्टाइलकै भूमिका निर्वाह गर्नुहुन्छ ।’

चन्द्र पन्त यस फिल्मको छायाङ्कन भदौबाट सुरु हुने बताएका छन् । यस फिल्मको स्क्रिप्ट अभिमन्यु तिवारीले लेखेका हुन् ।

(Visited 2 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *