इजरायलतर्फ इरानले हान्यो एक सयभन्दा धेरै ड्रोन

सेयर गर्नुहोस्

नेपाल समाचार
इजरायलले आफ्नो भूमिलाई लक्षित गरी सञ्चालन गरेको आक्रमणको बदला लिन इरानले सयौँ ड्रोन प्रहार गरेको छ । इरानले इजरायलतर्फ एक सयभन्दा धेरै चालकरहित हवाइ उपकरण ड्रोन प्रहार गरेको हो ।

इरानले प्रहार गरेको ड्रोनको जवाफ दिन इजरायली वायुसेनाले लडाकु विमान तयारी अवस्थामा राखेको छ । यसअघि इजरायलले इरानमा गरेको हवाइ आक्रमणका क्रममा वरिष्ठ इरानी सैन्य अधिकारी तथा आणविक वैज्ञानिक मारिएका थिए ।

इजरायलले यस कारवाहीलाई ‘अपरेशन राइजिङ लायन’ नाम दिएको थियो । यसको जवाफमा इरानले ‘अपरेशन ट्रु प्रोमिस’ नामक ड्रोन आक्रमण गरेको जनाइएको छ ।

यो पनि-
इजरायलबाट इरानको आणविक केन्द्रमा आक्रमण

इजरायली आक्रमणमा जोगिए इरानका सर्वोच्च नेता खामेनेई, परिस्थितिबारे जानकारी लिँदै

इजरायली आक्रमणमा मारिए इरानको रिभोल्युसनरी गार्ड कोरका प्रमुखसहित सैन्य अधिकारी

इरानको चेतावनी- इजरायलले ‘गम्भीर मूल्य चुकाउनुपर्नेछ’

(Visited 3 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *