नेपाल समाचार
इक्वेडर सन् २०२६ को विश्वकपमा छनोट भएको छ। बुधबार बिहान भएको खेलमा पेरुसँग गोलरहित बराबरी खेल्दै इक्वेडर विश्वकपमा छनोट भएको हो।
बराबरी पछि इक्वेडरले २५ अङ्क बनाएको छ। दक्षिण अमेरिकाबाट ६ टोली सिधै विश्वकपमा प्रवेश गर्ने छन्। दुई खेल बाँकी रहँदा सातौँ स्थानको भेनेजुएलाको १८ अङ्क छ। दक्षिण अमेरिकी समूहमा अब दुई खेल खेल्न बाँकी छ।
विश्वकपमा छनोट हुने इक्वेडर तेस्रो दक्षिण अमेरिकी टोली बनेको छ। यसअघि अर्जेन्टिना र ब्राजिल विश्वकपमा छनोट भइसकेका छन्।
(Visited 10 times, 1 visits today)