चितवनका माइलासँगै पूजा पनि सदर चिडियाखानामा

सेयर गर्नुहोस्

नेपाल समाचार
-चितवन राष्ट्रिय निकुञ्जले सौराहास्थीत राष्ट्रिय प्रकृति संरक्षण कोषमा हुर्काइएको अर्को गैँडा पनि सदर चिडियाखाना जावलाखेल पठाएको छ ।

दुई वटा गैँडा ल्याउने वन तथा वातावरण मन्त्रालयको निर्णयअनुसार करिब ३० महिनाको पोथी गैंडा (पुजा) लाई बुधबार सदर चिडियाखाना ल्याइएको हो । केही दिनअघि २३ महिनाको एउटा भाले गैँडा (माइला) लाई सदर चिडियाखाना ल्याइएको थियो ।

पूजालाई २०७९ कात्तिक १० गते बाघले आक्रमण गरेर घाइते भएको अवस्थामा सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्र परिसरमा लगिएको थियो ।

जैविक विविधता संरक्षण केन्द्र सौराहामा गैँडाको हेरचाह गर्दै आएका लाल बहादुर महतराले आफूले हुर्काएका ६ वटा गैँडा मध्ये दुई वटा सौराहा, दुई वटा कोशी र दुई वटालाई चिडियाखानामा ल्याइएको बताए ।

पूजालाई यसअघि नै माइलासँगै ल्याउने तयारी गरे पनि खोरमा जान नमानेपछि छुट्टाछुट्टै ल्याइएको महतराले बताए । यससँगै अव सदर चिडियाखानामा गैँडाको संख्या तीन पुगेको छ ।

(Visited 5 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *