फ्रेन्च ओपन महिला टेनिसको उपाधि अमेरिकाकी गौफलाई

सेयर गर्नुहोस्

नेपाल समाचार
फ्रेन्च ओपन महिला टेनिसको उपाधि अमेरिकाकी २१ वर्षीया को को गौफले जितेकी छिन् ।

शनिबार राति भएको खेलमा शीर्ष वरीयताकी खेलाडी आर्यना साबालेन्का (बेलारुस)लाई ६–७(५), ६–२ र ६–४ को सेटमा हराउँदै गौफले उपाधि जितेकी हुन् ।

कोर्ट फिलिप चाटियरमा भएको खेल २ घण्टा ३८ मिनेट चलेको थियो ।

सन् २०२३ को युएस ओपन विजेता गौफको यो दोस्रो ग्रान्डस्लाम एकल उपाधि हो ।

पराजित भएपछि शीर्ष वरीयताकी साबालेन्काले आफू भन्दा गौफ राम्रो खेलाडी भन्दै बधाई दिएकी थिइन् ।

सन् २०१५ मा सेरेना विलियम्सपछि गौफ फ्रेन्च ओपन जित्ने पहिलो अमेरिकी हुन् ।

(Visited 4 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *