युरोपेली नेसन्स लिग – रोनाल्डोको गोलमा जर्मनीलाई हराउँदै पोर्चुगल फाइनलमा

सेयर गर्नुहोस्

नेपाल समाचार
– पोर्चुगल युरोपेली नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ। एक गोलले पछि परेको पोर्चुगलको कम ब्याक जितमा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको १३७ औँ अन्तर्राष्ट्रिय गोल समावेश थियो। रोनाल्डोको निर्णायक गोलसँगै जर्मनीलाई २-१ ले हराउँदै पोर्चुगल फाइनल पुगेको हो।

खेलको ६८ औँ मिनेटमा नु्नो मेन्डेसको बलललाई नियन्त्रणमा लिँदै रोनाल्डोले विजयी गोल गरे। सोही गोलसँग पोर्चुगलले फ्रान्स र स्पेनबिचको विजेतासँग उपाधि भिडन्त पक्का गरेको हो।

इङ्लिस प्रिमियर लिगको क्लब लिभरपुलमा आबद्धता पक्का भइसकेका वायर लिभरकुसेनका फरवार्ड फ्लोरिज मर्जको गोलमा ४८ औँ मिनेटमा जर्मनीले अग्रता लिएको थियो।

रुबेन डियाजले ६३ औँ मिनेटमा गरेको गोलमा पोर्चुगल खेलमा फर्किएको थियो।

(Visited 4 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *