गायक जस्टिन बीबरले श्रीमती हेलीसँग किन मागे माफी ?

सेयर गर्नुहोस्

नेपाल समाचार
अमेरिकी पप गायक जस्टिन बिबरले आफ्नी श्रीमती हेली बिबरसँग सार्वजनिक रुपमा माफी मागेका छन् ।

उनले सामाजिक सञ्जालमा मागेको माफीलाई फ्यानहरुले विभिन्न प्रतिक्रिया दिइरहेका छन् ।

जस्टिनको माफी २०२५ को संस्करणको ‘भोग’ म्यागजिनसँग सम्बन्धित छ । जुन मे २० मा सार्वजनकि भएको थियो । त्यसमा हेलीको तस्बिर समावेश छ ।

यही विषयले जस्टिन सार्वजनिक रुपमा माफी माग्न बाध्य भएका हुन् ।

जस्टिनले माफी मागेको पोस्टबाट थाहा हुन्छ कि- उनले श्रीमतीलाई उनले ठूलो झगडामा भनेका थिए- ‘कहिल्यै तिम्रो तस्बिर भोग म्यागजिनमा आउँदैन’ ।

श्रीमतीको तस्बिर म्यागजिनमा छापिनुलाई उनले खुसीका रुपमा लिएका छन् । अनि विगतको आफ्नो तितो बचनप्रति पछुतो मानेका छन् ।

उनले लेखेका छन्, ‘म बुझ्छु, त्यो निकै नै निर्दयी कुरा थियो । त्यसबेला मैले अपमानजनक टिप्पणी गरेको थिएँ ।’

सोही पोस्टमा उनले हेलीप्रति प्रेम पनि दर्शाएका छन् । उनले लेखेका छन्, ‘मैले जीवनमा धेरै मूर्खतापूर्ण कामहरू गरेको छु । तर, सबैभन्दा स्मार्ट निर्णय भनेको हेलीसँग विवाह गर्नु हो।’

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *