पोखरीमा डुबेर एक युवकको मृत्यु

सेयर गर्नुहोस्

नेपाल समाचार
चितवन– चितवनमा पौडी पोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार मङ्गलबार राति इच्छाकामना गाउँपालिका– ७ दाहाखानीस्थित दाहाखानी भ्यू रिसोर्टको पौडी पोखरीमा डुबेर भरतपुर महानगरपालिका– २२ का २५ वर्षीय लोकेश महतोको मृत्यु भएको हो ।

प्रहरीले उनीसँगै पौडी खेल्न गएका आठ जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *