स्कटल्याण्ड जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ

सेयर गर्नुहोस्

नेपाल समाचार
आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत स्कटल्याण्ड भ्रमणमा जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाई गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाई गरेको हो । बिदाई कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सहायक प्रशिक्षक ज्ञानेन्द्र मल्लले सिरिजमा नेपाली टीम उच्च मनोबलका साथ उत्रने बताए ।

स्कटल्याण्डमा हुने खेल मध्ये २–३ खेलमा मात्रै जित निकाल्न सके आगामी दिनमा विश्वकप लिग–२ को यात्रा सहज हुने उनले बताए । उनले विश्वकप लिग–२ को सुरुवात सुखद ढंगले हुने विश्वास व्यक्त गरे ।

त्यस्तै नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले विश्वकप लिग–२ नेपालका लागि निकै महत्वपूर्ण भएकाले नेपाली टीमले आफ्नो क्षमता देखाउने बताउनुभयो । वरियतामा नेपाल अलि तल रहेपनि नेपाली टोलीले राम्रो नतिजा ल्याउने उनको भनाइ छ ।

नेपालले स्कटल्याण्ड भ्रमणमा लिग–२ अघि अभ्यास खेलहरू खेल्नेछ । त्यसपछि लिग–२ अन्तर्गत नेपालले जुन २ र जुन ८ मा स्कटल्याण्ड तथा जुन ४ र जुन १० मा नेदरल्यान्ड्ससँग खेल्दैछ । त्यसपछि नेपाली टोली युके भ्रमणमा जाने तालिका रहेको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *