‘कबड्डी’ जोडी दयाहाङ र रिश्माको नयाँ फिल्म ‘रिमै’को प्रदर्शन भदौ २७ मा

सेयर गर्नुहोस्

नेपाल समाचार
फिल्म ‘कबड्डी’को जोडी नायक दयाहाङ र नायिका रिश्मा गुरुङलाई दर्शकले ठूलो पर्दामा फेरि देख्न पाउने भएका छन् । यी दुई मुख्य भूमिकामा रहेको फिल्म ‘रिमै’ भदौ २७ बाट प्रदर्शनमा आउने भएको छ ।

खिलबहादुर गुरुङको निर्देशनमा बनेको यस फिल्मको तीन पोस्टर सोमबार सार्वजनिक गरि प्रदर्शन मितिबारे जानकारी दिइएको हो ।

सार्वजनिक एक पोस्टरमा दयाहाङ र रिश्मालाई प्रस्तुत गरिएको छ । पोस्टरले फिल्ममा उनीहरु दुई प्रेम सम्बन्धमा रहेको संकेत गर्छ ।

अर्को पोस्टरमा दयाहाङ र रिश्मासहित नायिका गौमाया गुरुङलाई पनि राखिएको छ । अर्को पोस्टरमा फिल्ममा सबै मुख्य पात्रलाई स्थान दिइएको छ । यस पोस्टरको केन्द्र भागमा दयाहाङ छन् ।

अमेरिका बस्दै आएकी रिश्माले लामो समयपछि फिल्म गरेकी हुन् । वि.सं २०७७मा उनी फिल्म ‘क्रसरोड’को छायाङ्कनमा सहभागी भएकी थिइन् । त्यो फिल्म अझैँ प्रदर्शनमा आएको छैन ।

‘रिमै’को लेखक उपेन्द्र सुब्बा हुन् । यसको निर्माताहरु टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले हुन् ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *