यस्तो देखियो ‘ऊनको स्वीटर’को प्रिमियर

सेयर गर्नुहोस्

नेपाल समाचार
काठमाडौं – नवीन चौहान डेब्यू निर्देशन रहेको फिल्म ‘ऊनको स्वीटर’को बुधबार साँझ कमलपोखरीस्थित एक हलमा प्रिमियर सम्पन्न भएको छ । प्रिमियरमा हेर्न एक हजारभन्दा बढी अतिथिहरू उपस्थित थिए ।

प्रिमियरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्लदेन, उपसभामुख इन्दिरा राना मगर, कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कार्की, सांसद सोभिता गौतम लगायतका राजनीतिक व्यक्तित्व पनि सहभागी भए ।

त्यस्तै, फिल्म क्षेत्रबाट नायक दयाहाङ राई, नायिका केकी अधिकारी, अञ्जना बराइली, उषा राजकलगायत उपस्थित थिए ।

प्रिमियरमा उपस्थित अथितिहरूले फिल्मको प्रशंसा गरेका छन् । शुक्रबारबाट प्रदर्शनमा आउने यो फिल्म दर्शकले मन पराउने अपेक्षा गरिएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *