नेपाल समाचार
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ। पहिलो लेगमा १-० को सफलता पाएको पिएसजीले बुधबार राति भएको दोस्रो लेग सेमिफाइनलमा आर्सनल माथि २-१ को जित हात पारेको हो ।
दोस्रो लेगमा पनि पहिलो लेगमा झैँ गोलरक्षक जियानलुइगी डुमाउराउमाले सानदार बचाउ गरे। उनले आर्सनलका गाब्रियल मार्टीनेली तथा मार्टिन ओडेगार्डको प्रहारलाई बचाएका थिए।
खेलको २७ औँ मिनेटमा फाबियन रुइजले पिएसजीका लागि पहिलो गोल गरेका थिए। ७२ औँ मिनेटमा एक्राफ हाकिमीले गोल गर्दै पिएसजीको अग्रता फराकिलो बनाएका थिए। यसैगरी ७६ औँ मिनेटमा बुलायाको साकाले आर्सनलका लागि गोल गरे। अब पिएसजीले उपाधिका लागि इन्टर मिलानसँग खेल्ने छ।
(Visited 10 times, 1 visits today)