सवारी दुर्घटनामा बाबुछोरीको मृत्यु

सेयर गर्नुहोस्

नेपाल समाचार
रौतहट– रौतहटको चन्द्रपुर नगरपालिका– ४ स्थित पूर्वपश्चिम लोकमार्गमा पश्चिम लच्का नजिक विपरित दिशाबाट आउँदै गरेको कारले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बाबुछोरीको मृत्यु भएको छ ।

हेटौँडाबाट चन्द्रपुरतर्फ आउँदै गरेको बा ६ च ३५२६ नम्बरको कारले निजगढ तर्फ जाँदै गरेको ना ३ प ९५१२ नम्बरको मोटरसाइकललाई आज बिहान ठक्कर दिएको थियो ।

ठक्करबाट मोटरसाइकल चालक गरुडा नगरपालिका– ३ मलाहिटोल बस्ने वर्ष ६० को बलिराम सहनीको दाहिने खुट्टा, ढाड र अन्डकोषमा चोट लागेर गम्भीर घाइते भएका थिए ।

सहनीको स्थानीय हाइवे ट्रमा सेन्टर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले जानकारी दिए ।

त्यस्तै मोटरसाईकलको पछाडि सवार मृतक सहनीकी ४० वर्षीया छोरी उर्मिला देवी सहनीको दाहिने हात र ढाडमा गम्भीर चोट लागेको थियो । उर्मिला देवीलाई स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि एलएस न्युरो अस्पताल बारा तर्फ पठाएकोमा उपचारको क्रममा बिहान ९ बजे डक्टरले मृत घोषणा गरेको प्रवक्ता रायले जानकारी दिए ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *