पढ्न विदेश गएकी पत्नी जब प्रेमी लिएर घर आइन्

सेयर गर्नुहोस्

नेपाल समाचार
एउटै घरमा पति र प्रेमीसँग कुनै महिला एक साथ बसेको घटना अपत्यारिलो लाग्न सक्छ। तर, एक जापानी महिलाको जीवनमा यस्तै घटना भएको छ।

जापानका सेफ तथा ब्लगर प्रिन्स सोयले हालै एक भिडियोमार्फत आफ्नो पारिवारिक जीवनको एउटा रहस्य उजागर गरेका छन्।

प्रिन्स सोयका अनुसार उनकी पत्नी सेइरा पढ्नका लागि अस्ट्रेलिया गएकी थिइन्। उनले अस्ट्रेलियामै एक जापानी युवकसँग भएको परिचयलाई प्रेममा रुपान्तरण गरिन्।

यद्यपि सेइराले आफूलाई धोका नदिएको प्रिन्स सोयको भनाइ छ । जुलाइ १२ मा सेइरा जापान फर्किइन्। उनले आफ्नो प्रेमीलाई पनि घरमा ल्याएकी थिइन्।
प्रिन्स रोयले पत्नी र उनका प्रेमी दुवैलाई हार्दिकता साथ घरमा स्वागत गरे । उनीहरू तीनै जना करिब एक साता एउटै घरको छतमुनि बसे।

यस बिचमा उनीहरू आपसमा मिलेर खाना पकाउनेदेखि लिएर घरका काम पनि गर्दथे। आफूले सेइरासँग बिहे गर्नु अघि नै ‘ओपन रिलेसनसिप’बारे समझदारी भइसकेको प्रिन्स रोयको भनाइ छ। उनले अरुसँग प्रेम गरे पनि पति आफूमात्र रहने पनि प्रस्ट पारे। पत्नीका जतिसुकै प्रेमी भए पनि आफ्नो ठाउँ कसैले नलिने उनको विश्वास छ।

विदेशमा कठिन परिस्थितिमा आफ्नो पत्नीलाई साथ दिएको भन्दै प्रिन्स रोयले पत्नीको प्रेमीप्रति आभारसमेत प्रकट गरे। उनले पत्नीको खुसीमा नै आफ्नो खुसी रहने पनि बताए।

(Visited 8 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *