प्रेममा धैर्यता चाहिन्छ, ८२ वर्षका बृद्धले ५० वर्षपछि पाए फेरी पहिलो माया

सेयर गर्नुहोस्

नेपाल समाचार
मायाको कुनै सिमा हुँदैन्। साचो मायाले उमेर, जात, नत रंग नै हेर्छ । साच्चै नै माया अन्धो हुन्छ। राजस्थानका ८२ वर्षीय गेटकीपरले ५० वर्ष पछि उनले आफ्नो पहिलो प्रेमको आनन्द लिइरहेका छन्।

ह्युमन्स अफ बाम्बेलाई उनले दिएको जानकारी अनुसार ३० वर्षको उमेरमा अष्ट्रेलियाकी युवती मरीनासँग पहिलो नजरमा माया बसेको थियो। उक्त समयमा मरीना ५ दिनको ट्रिपमा राजस्थान घुम्न आएको बेला उनीहरुबीच माया बसेको थियो। घुम्ने क्रममा भेट भएका उनीहरु केही दिन दैनिक भेट्ने गर्थे। घुम्ने क्रममा मरीनाले आइ लव यु भन्दा उनी लाजले भुतुक्कै भएको सुनाएका छन्।

गेटकीपर ऋण लिएर अष्ट्रेलिया घुम्न जाँदा मारियाले उनलाई अंग्रेजी भाषा र नृत्य सिकाएकी थिइन्। मरीनाले विवाह गर्न प्रस्ताव राखेपछि उनी भारत फर्किएका थिए। मरीयाले अष्ट्रेलिया छाड्न चाहन्नथिन भने गेटकीपरले आफ्नो परिवार छाड्न चाहादैनथे।

मरीना विवाहको प्रस्ताव अस्विकार गरेर भारत फर्किएका गेटकिपरले पारिवारीक दबाबमा विवाह गरे। विवाह पछि उनी काम गर्न थाले। विस्तारै उनले मारियालाई बिर्सन थाले।
हाल उनको छोराहरु ठुला भएर छुट्टै बसेका छन् भने पत्नीको पनि निधन भइसकेको छ। उनले मारियाको घरबार भएको सोचे पनि ५० वर्षपछि गेटकीपरलाई प्रेम पत्र पठाएकी छिन्। पत्रमा गेटकीपरलाई धेरै समयसम्म खोजेको उल्लेख गरेकी छिन्। उनीहरुको हाल फोनमा दैनिक कुरा हुन्छ। गेटकिपरले चाडै नै मारिया भारत आउने बताएका छन्।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *