नेपाल समाचार
काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पूष्पकमल दाहाल प्रचण्डले आन्दोलित शिक्षकलाई आन्दोलन नरोक्न अपिल गरेका छन्।
शिक्षा सुधारको माग गर्दै विगत २१ दिनदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएका शिक्षकलाई पटकपटक धोका भएको भन्दै आन्दोलन नरोक्न प्रचण्डले अपिल गरेका हुन्।
नेपाल कम्युनिस्ट पार्टीको ७७ औं स्थापना दिवस पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले धैर्यतापूर्वक आन्दोलन जारी राख्न अपिल गरेका हुन्। उनले भने, ‘शिक्षक साथिहरूलाई धैर्यतापूर्वक आन्दोलनलाई निरन्तरता दिन पनि अपिल गर्न चाहन्छु। तपाईंहरूले पटक–पटक आन्दोलन गर्नुभएको छ, पटकपटक सम्झौता गर्नुभएको छ र पटकपटक धोका भएको छ।
(Visited 1 times, 1 visits today)