थप एक जनाको मृत्यु कोरोना सङ्क्रमणबाट

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०५-०७

चितवनमा शनिबार कोरोना भाइरस सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । भरतपुर–१० स्थित पुरानो मेडिकल कलेजमा उपचाररत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–३ निवासी ६५ वर्षीया महिलाको शनिबार साँझ ७ः२६ बजे मृत्यु भएको हो ।

ती महिलाको मृत्यु भएसँगै शनिबार साँझ कोरोना रिपोर्ट पोजिटिभ आएको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए । महिलाको पुरानो मेडिकल कलेजबाट भदौ १ गते नै स्वाब सङ्कलन गरी परीक्षणका लागि भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला पठाइएको थियो तर रिपोर्ट नआउँदै महिलाको साँझ मृत्यु भएको हो ।

कलेजोसम्बन्धी उपचारका लागि ती महिलालाई गत साउन ३२ गते पुरानो मेडिकल कलेजमा भर्ना गरिएको थियो । उनको शल्यक्रिया गर्नुअघि भदौ १ गते नै स्वाब सङ्कलन गरी परीक्षणका लागि प्रयोगशाला पठाइएको थियो । यस्तै सोही अस्पतालमा बिहीबार राति निधन भएका हेटौँडाका ७५ वर्षीय पुरुषको पनि शनिबार बिहान कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

(Visited 6 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *