‘केसरी–२’ : ६ वर्षअघि प्रदर्शनमा आएको अघिल्लो भागभन्दा कमजोर व्यापार

सेयर गर्नुहोस्

नेपाल समाचार
बलिउड नायक अक्षय कुमार स्टारर फिल्म ‘केसरी च्याप्टर- २’ प्रदर्शनरत छ। यो सन् २०१९ मा प्रदर्शनमा आएको अक्षयको हिट फिल्म ‘केसरी’को दोस्रो सिक्वेल हो।

पहिलो भागमा नायिका परणिती चाेपडा थिइन्। सिक्वेलमा नायिकामा अनन्या पाण्डेया छिन्।

भारतीय बक्स अफिस ट्रयाक्र स्याकनिल्कका अनुसार ‘केसरी’ले भारतमा मात्रै १५५ करोड भारुको व्यापार गरेको थियो।

सिक्वेल गत शुक्रबार नेपाली मिति वैशाख ५ मा प्रदर्शनमा आएको थियो। यो फिल्म भारतको ठूलो मध्ये एक धर्मा प्रडक्सनको ब्यानरमा बनेको हो।

ठूलो ब्यानर र हिट सिक्वेल भए पनि यस फिल्मले सुरुवाती दिनमा दर्शकबाट अपेक्षित साथ पाएको छैन।

‘केसरी- २’ले पहिलो दिन शुक्रबार सात करोड ८४ लाख भारु व्यापार गरेको धर्मा प्रोडक्सनले दाबी गरेको छ। त्यस्तै, दोस्रो दिन शनिबार १० करोड आठ लाख भारु ग्रस कलेक्सन गरेको बताएको छ।

‘केसरी’को तुलनामा सिक्वेलको व्यापार कमजोर हो। ‘केसरी’ले पहिलो दिन २१ करोड ६ लाखको व्यापार गरेको थियो। अर्थात्,पहिलो दिन ‘केसरी’को तुलनामा सिक्वेलको व्यापार १३ करोड ७६ लाखले कम हो।

प्रदर्शनको दोस्रो दिन १० करोड आठ लाख ग्रस कलेक्सन गरे पनि सिक्वेलको व्यापार कमजोर देखिन्छ। दोस्रो दिन ‘केसरी’भन्दा सिक्वेलको व्यापार ६ करोड ६७ लाखले कमी छ।

बक्स अफिस ट्रयाक्र स्याकनिल्कका अनुसार ‘केसरी- २’ले तेस्रो दिन आइतबार ८ करोड ३२ लाख भारुको ग्रस कलेक्सन गरेको छ । यो रकम केही तलमाथि भने हुनसक्छ।

पहिलो भागको भन्दा सिक्वेलको तेस्रो दिनको कमाइ पनि करिब १० करोडको कमजोर छ। यसको पहिलो भाग अर्थात् ६ वर्षअघिको व्यापारसँग तुलना गर्दा पनि सिक्वेलको व्यापार कमजोर दिएको हो।

भारतीय मिडिया आजतकका अनुसार ‘केसरी २’को शनिबारको अनुपेन्सी दिल्लीमा ३० प्रतिशत र मुम्बईमा २३ प्रतिशत छ।

सुरुवाती तीन दिनको व्यापार र सकारात्मक ‘वर्ड अफ माउथ’का कारण यो फिल्मको व्यापार दोस्रो साता बढ्ने विश्लेषण गरिएको छ।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार ११:५ बजे

(Visited 13 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *