चारकोसे जङ्गलमा कार दुर्घटना, एकजनाको मृत्यु

सेयर गर्नुहोस्

नेपाल समाचार
सुनसरी– धरान–इटहरीबीच चारकोसे जङ्गलमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। घटनामा तीनजना घाइते भएका छन्।

गएराति धरानबाट इटहरीतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०३०च ४६१८ नम्बरको कार अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए।

उनका अनुसार कारमा चालकसहित चार जना सवार थिए। दुर्घटनामा गम्भीर घाइते इटहरी– १ का ४० वर्षीय विष्णु राउतको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो।

प्रहरीका अनुसार चालक सुनसरीको रामधुनी नगरपालिका– ७ का ३० वर्षीय विवेक लामा, इटहरी– ४ का ४३ वर्षीय गङ्गा बस्नेत र इटहरी– १ का ३१ वर्षीय कल्याण कटुवाल घाइते भएका छन्।
लामा र बस्नेतको अवस्था सामान्य रहेको छ भने कल्याण कटुवाललाई थप उपचारका लागि विराटनगरस्थित विराट मेडिकल कलेजमा रेफर गरिएको छ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार १:५० बजे

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *