६० वर्षीय वृद्धले गरे बिहे, घर आएलगत्तै किन खाए विष ?

सेयर गर्नुहोस्

नेपाल समाचार
पटना। भारतको बिहार राज्यको मुंगेर जिल्लामा एउटा अनौठो घटना भएको छ। धरहरा थाना क्षेत्र अन्तर्गत दशरथपुर निवासी ६० वर्षीय मुसहरु यादवले बेहुली लिएर घर आए लगत्तै विष खाएका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार यादवले गाउँकै एक महिलासँग १५ मार्चमा विवाह गरेका थिए। विवाहपछि बेपत्ता भएका उनी १७ मार्चका दिन बेहुली लिएर घर फर्किएका थिए।
घर पुग्नासाथ छोरा सुरजसँग उनको विवाद भयो। बुढेसकालमा विवाह गरेर आफूहरूलाई लज्जित बनाएको भन्दै सुरज आफ्ना पितासँग रिसाए। उनले पिता मुसहरु र नवविवाहित महिलालाई घरमा पस्नसमेत दिएनन्। विवाद बढेपछि नवविवाहित महिला त्यहाँबाट आफ्नै घरमा फर्किन्।

आफ्नै घरभित्र पस्न नपाएको र आफूले बिहे गरेर ल्याएकी पत्नीलाई छोराले अस्वीकार गरेको रिसमा मुसहरुले विष खाए। पिताले विष खाएको थाहा पाएलगत्तै छोराले उपचारका लागि स्थानीय अस्पतालमा लगे। त्यहाँबाट पनि उनलाई मुंगेरस्थित सुविधासम्पन्न अस्पतालमा पठाएर उपचार गरिएको छ।

मुसहरु यादवका अनसार उनले गाउँकै एक श्रमिक महिलासँग विवाह गरेका हुन्। आफ्नो पहिलो पत्नीको १५ वर्ष अघि नै निधन भइसकेका कारण दोस्रो विवाह गरेको उनको भनाइ छ। नवविवाहित पत्नीका पनि एक छोरा र एक छोरी रहेको उनले बताए।
धरहरा थाना प्रमुखले भने विवाहका कारण पिता र पुत्रबिच विवाद भएको र विवादकै क्रममा पिताले विष खाएको सूचना पाए पनि यसबारे कुनै प्रकारको उजुरी नआएको प्रतिक्रिया दिएका छन्।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *