गाँजासहित एक जना पक्राउ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

सेयर गर्नुहोस्

नेपाल समाचार
काठमाडौं– नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट छ किलो ९७० ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा २७ वर्षीय भारतीय नागरिक भिसाक भिजयन रहेको विमानस्थलका सुरक्षा प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौँरले जानकारी दिए।

उनले भने, ‘थाई एयरको उडानमार्फत बैंकक हुँदै गएराति नेपाल आएका उनको लगेज जाँचका क्रममा उक्त परिणामको गाँजा फेलापरेपछि पक्राउ गरिएको हो।’
भिजयनलाई थप अनुसन्धानका लागि लागूऔषध ब्यूरो कोटेश्वर पठाइएको छ।

प्रकाशित मिति :२ बैशाख २०८२,मङ्गलबार २:२० बजे

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *