काठमाडौं नेपाल समाचार
–छिमेकी देश भारतको शेयर बजारमा भारी गिरावट आएको छ। भारतीय सञ्चारमाध्यमले सोमबार बजार ‘क्र्यास’ भएको टिप्पणी गरेका छन्।
सोमबार मध्यान्ह १२ बजे भारतीय शेयर बजार मापक बीएसई सेन्सेक्स सोमबार ३.७३ प्रतिशत ओरालो लागेको छ। सोमबार मध्यान्ह १२ बजे सेन्सेक्स २ हजार ८ सय १२ दशमलब ९९ अंकले ओरालो लाग्दै ७२ हजार ५ सय ५१ दशमलब ७० विन्दुमा झरेको छ।
त्यसैगरी, ठूला कम्पनीको शेयर मापक निफ्टी ५० पनि ओरालो लागेको छ। सोमबार निफ्टी ५० पनि ९ सय २३ दशमलब ७० अंकले ओरालो लाग्दै २१ हजार ९ सय ८० दशमलब ७५ विन्दुमा झरेको छ।
अघिल्लो दिन सेन्सेक्स ७५ हजार ३६४ अंकमा बन्दमा बन्द भएको थियो। आज बजार खुलेको केही समयमै सेन्सेक्स उच्च अंकले घटेको थियो।
भारतबाट अमेरिका निर्यात हुने वस्तुमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अतिरिक्त २६ प्रतिशत भन्सार महशुल वृद्धिको घोषणा गरेसँगै निरन्तरजसो भारतीय शेयर बजार घटिरहेको छ।