‘जलाकी’ को छायाङ्कन सुरु ‘खुस्मा’ टिमको नयाँ फिल्म

सेयर गर्नुहोस्

काठमाडौं नेपाल समाचार
-गत असोज ३ गते प्रदर्शनमा आएको हिट फिल्म ‘खुस्मा’ टिमले नयाँ प्रोजेक्ट सुरुवात गरेको छ। यो टिमले नयाँ फिल्म ‘जलाकी’को छायाङ्कन सुरु गरेको हो।

नायकमा भने फिल्म‘साम्बाला’का नायक सोना तोप्देन रहेका छन्। अस्तित्व भट्टचन र आकृति राजभण्डारी मुख्य भूमिकामा रहने निर्माण पक्षले जनाएको छ।‘आकृति’ गायक सुशान्त केसीको चर्चित गीत ‘बार्दली’का मोडल हुन्। ‘जलाकी’ उनले फिचर फिल्ममा डेब्यू गर्न लागेकी हुन्।

खुम्साका निर्देशक अशोक थापा मगरले नै यस फिल्मको निर्देशन गर्दैछन्। नायिकामा उपासना सिंह ठकुरी दोहोरिएकी छन्।

निर्माण पक्षले शुक्रबार फिल्मको ‘टाइटल मोसन पोस्टर’ सार्वजनिक गरी फिल्म निर्माणको घोषणा गरेको हो। शुक्रबारदेखि नै यो फिल्मको छायाङ्कन बागलुङबाट सुरु भएको छ।

उनीहरुसहित माओत्से गुरुङ, बुद्धि तामाङ, सङ्गीता थापा मगर, राजु रेग्मी मगर, खड्कबहादुर पुनलगायतका कलाकारको अभिनय रहने बताइएको छ।
निर्देशक थापाका अनुसार यो फिल्मको छायाङ्कन रुकुम, म्याग्दी, बागलुङ, पोखरा र दक्षिण कोरियामा हुनेछ।

निर्देशक थापाले यो पटक पनि मगर समुदायको कथा नै दर्शक समक्ष ल्याउन लागेका हुन्।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *