४५ को मृत्यु ,भुमध्यसागरमा डुङ्गा पल्टिँदा

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०५-०४

भुमध्यसागरमा डुङ्गा पल्टिँदा ४५ जनाको मृत्यु भएको छ ।

गत सोमबार आप्रवासी बोकेको डुङ्गा दुर्घटना हुँदा ५ बालबालिकासहित ४५ जनाले ज्यान गुमाएको संयुक्त राष्ट्रसंघले जनाएको छ । करिब ८२ यात्रु लिएर युरोप जाँदै गरेको उक्त डुङ्गाको इन्जिन विस्फोट भएर पल्टेको थियो । घटनामा ३७ जनाको उद्धार गरिएको छ जसमध्ये सेनेगल, माली, चाद र घानाका नागरिक रहेका छन् ।

उद्धार गरिएकाहरुलाई लिबियाका सुरक्षा अधिकारीहरुले नियन्त्रणमा लिएको जनाइएको छ। उनीहरुलाई स्थानीय माझीहरुले उद्धार गरेको थिए । दुर्घटना उत्तर अफ्रिकी मुलुक लिबियाको समुद्री तट ज्वारा आसपास भएको थियो । मानव तस्करहरु मार्फत हुने यस्ता युरोप यात्राका क्रममा भुमध्यसागरमा लगातार दुर्घटना हुने गरेका छन् । यसै वर्ष मात्र सो रुटमा यात्रा गर्ने क्रममा ३ सय बढी ज्यान गुमाइसकेको संयुक्त राष्ट्रसंघको तथ्यांक रहेको छ ।

यस अवधिमा लिबिया, ट्युनिसिया लगायत अफ्रिकी मुलुकबाट १७ हजार आप्रवासी युरोपका इटाली तथा माल्टा प्रवेश गरिसकेका छन् ।

(Visited 10 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *