काँग्रेसको प्यानल विजयी रौतहटको फतुवा विजयपुरमा

सेयर गर्नुहोस्

रस अनलाइन खबर। १२.०२.२०७९

रौतहटको फतुवा विजयपुर नगरपालिकामा नेपाली काँग्रेसको प्यानल निर्वाचित भएको छ । काँग्रेसबाट मेयरका उमेदवार गोपाल राययादव र उपमेयरका उमेदवार अमवेया खातुनको प्यानल विजयी भएको हो।

काँग्रेस उम्मेदवार अम्बेया खातुन १ हजार ४ सय ९४ मतको अन्तरले उपमेयरमा विजयी भएकी छन् । खातुनले कुल ५ हजार १ सय ६२ मत प्राप्त गरेकी छन् । उनको निकटतम प्रतिद्वन्द्वी एमालेको उमेदवार तथा निवर्तमान उपमेयर कान्तिदेवी महतोले ३ हजार ६ सय ६८ मत प्राप्त गरेकी छन् ।

त्यसैगरी काँग्रेसबाट मेयरका उम्मेदवार गोपालराय यादव १ हजार २ सय ९० मतको अन्तरले निर्वाचित भएका छन । नवनिर्वाचित मेयर गोपालराय यादवले ४ हजार ८५१ मत पाएका थिए । उनको निकटतम प्रतिद्वन्द्वी एमालेका मेयरका उम्मेदवार विजय यादवले ३ हजार ३६१ मत प्राप्त गरेका थिए । यससँगै काँग्रेसले रौतहटमा सात पालिकामा जित हात पारेको छ ।

(Visited 38 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *