पानी उभिएर पिउने बानी छ ! सावधान

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०५-०४

उभिएर पानी पिउनु स्वास्थ्यका लागि हानिकारक छ। अझ कोही त उभिएर सासै रोकेर पानी पिउँछन्। यो त कहिल्यै गर्नु हुँदैन ।

स्वास्थ्यविज्ञहरूका अनुसार बसेर सानो-सानो चुस्की लिँदै पानी पिउनु उपयुक्त हुन्छ।

तपाईंले उभिएर पानी पिउँदा यो सिधै पेटमा ओइरिन्छ र आन्द्राको भित्तामा ठोक्किन पुग्छ। यसरी ठोक्किँदा पेटको भित्ता, वरिपरिका अंग र पाचननलीमा हानि पुग्न सक्छ । लामो समयसम्म यसो गर्दा पाचनप्रणाली नै बिग्रन पुग्छ।

यसरी पानी पिउँदा शरीरले पानी छान्न पाउँदैन र फोहोरहरू मूत्राशय, मृगौला र रगतमा जम्न पुग्छन्। यसले मृगौला बिगार्छ र मूत्रनली पनि खराब बनाउँछ।

यसरी लामो समयसम्म उभिएर पानी पिउँदा बाथरोग पनि लाग्छ ।

(Visited 5 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *