म्यादी प्रहरी कमललाई बलात्कारको आरोपमा झापाबाट प्रहरीले हिरासतमा लिए

सेयर गर्नुहोस्

नेपाल समाचार। ०८.०२.२०७९

झापाको भद्रपुर नगरपालिका–७ घर भएका ३३ वर्षीय कमल प्रसाद पोखरेललाई प्रहरीले हिरासतमा लिएका छन् । उनी परिवारसँग २०७४ मा उदयपुरबाट बसाइँ सरेर झापामा बस्न थालेका हुन् । ४० दिनसम्म म्यादी ड्युटी गरेर बिदाइ हुने बेला प्रहरीले कमललाई हिरासतमा लिएको हो । जिल्ला प्रहरी कार्यालय झापामा म्यादी प्रहरीका लागी आवेदन दिएर उनी छनोट परीक्षा पास भएका थिए । ४० दिनको कार्यकाल सकिएपछि बिदाइ समारोहमा उनीसँगै ड्युटी गरेका प्रहरीले कमललाई २०७४ मा उदयपुरमा भएको बलात्कारको घटनामा हिरासतमा लिएको हो ।

उदयपुरको ताप्ली गाउँपालिका (साबिक रुपाटार–५) स्थित सानो गहतेमा बाख्रा चराउन गएकी १७ वर्षीया किशोरीलाई कमलले बलात्कार गरेको आरोप लाग्यो । उनी पनि बस्तु चराउन गएका थिए । आरोपी लागेपछि उनी परिवारसँग त्यहाँबाट बसाई सरेर झापा गएका हुन् । झापामा उनको परिवार भद्रपुर नगरपालिका–७ मा बस्दै आएको छ । २०७४ मा प्रहरीले अनुसन्धान सकेर अदालतमा मुद्दा दर्ता गराएको थियो । मुद्दा चलिरह्यो । जिल्ला अदालत उदयपुरले २०७७ मङ्सिर २३ मा कमललाई ९ वर्ष कैद १ लाख जरिवाना हुने फैसला गरेको छ ।

टिकटकबाट खुल्यो पोल

कमल उनका ज्वाइँसँगै म्यादीमा भर्ना भएका थिए । बैनीले टिकटकमा म्यादीको बर्दीमा सजिएको फोटो राखेर लेखे–‘मेरो दाइ म्यादी प्रहरीमा ।’ ती बैनी र बलात्कृत किशोरी सामाजिक सञ्जालमा जोडिएका थिए । आफूलाई बलात्कार गर्ने युवकको फोटो देखेपछि उनले झापामा प्रहरीलाई खबर गरिन् । अनि, कमल पक्राउ गरेका हुन् ।

झापाका एसपी विश्वमणि पोखरेले जानकारी दिनु भए अनुसार अदालतको फैसला कार्यान्वयनका लागी कमललाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय उदयपुरमा पठाएको छ ।

(Visited 31 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *