कनिकाले दोस्रो पटक लण्डनमा विवाह गर्दै, तस्बिरहरु सार्वजनिक

सेयर गर्नुहोस्

नेपाल समाचार। ०६.०२.२०७९

कनिका कपुरको आज अर्थात् २० मे आफ्ना प्रेमीसँग विवाह गर्ने भएकी छिन् । ‘बेबी डल’ गीत गाएर चर्चित बनेकी कनिका कपुरले आफ्नो सोसल मिडियामा विवाह अघिका तस्बिरहरु सार्वजनिक गर्दै लेखिन्, ‘जी, आई लभ यु सो… मच !’। कनिकाको हल्दीपछि अब उनको मेहेन्दीको फोटो सार्वजनिक भइरहेका छन् ।

उनको तस्बिरमा प्रशंसकले शुभकामना र माया प्रदान गरिरहेका छन् । कनिका कपुरले एक व्यापारीसँग विवाह गर्न लागेकी हुन् । कनिका कपुरको विवाह अघिका सबै कार्यक्रम लण्डनमा भएको हो र गौतम एनआरआईसँग उसको विवाह पनि त्यहाँ नै हुनेछ ।

कनिकाको पहिलो विवाह उनी १८ वर्षको हुँदा एनआरआई राज चन्दोकसँग भएको थियो । राज चन्दोकसँग कनिकाको अयाना, समारा र युवराज गरी तीन सन्तान छन् ।

उनी सन् २०१२ सम्म पहिलो श्रीमान्सँगै बसिन् । त्यसपछि उनको पहिलो श्रीमानसँग सम्बन्धविच्छेद गरिन् । विवाह टुटेपछि कनिका कपुर मुम्बई गइन् र उनी गायनमा लागिन् ।

(Visited 40 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *