‘मेरो भ्वाइस कप यूएसए’ र ‘मेरो डान्स कप युएसए’ यी दुई अमेरिकाको रियालिटी शो नेपाल भित्रिए

सेयर गर्नुहोस्

नेपाल समाचार। ०५.०१.२०७९

नेपालको राजधानी काठमाडौँमा भएको एक कार्यक्रमका बीच ‘मेरो भ्वाइस कप यूएसए’ र ‘मेरो डान्स कप युएसए’ यी दुई अमेरिकाको रियालिटी शो नेपाल भित्रिएका जानकारी दिएको छ । दोस्रो संस्करणमा रहेको ‘भ्वाइस कप’ र चौथो संस्करणमा रहेको ‘डान्स कप’ को अहिले अमेरिका र क्यानडा लगायतका देशमा अडिसन भइरहेको छ भने टप १२ मा छनोट भएका प्रतिस्पर्धीले नेपाल आएर आफ्नो प्रस्तुती दिनेछन् । दुवै कार्यक्रमको फाइनल भने अमेरिकामा हुनेछ ।

‘मेरो भ्वाइस कप यूएसए’को निर्णायकमा सुरेश अधिकारी, अर्जुन पालिखे, पुष्पन प्रधान, सुजता बर्मा, दीपक जंगम, मुस्कान मगर र शिव परियार रहेका छन् भने ‘मेरो डान्स कप युएसए’को निर्णायकमा कलाकारहरु केकी अधिकारी, नमन राई , दिलिप रायमाझी, निरुता सिंह, शंकर विसी र मिथिला शर्मा छन् ।

आयोजक संस्था इन्ट्रानेशनल वेयलफेयर एन्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाका सचिव गोपाल धितालले जानकारी दिए अनुसार दुवै प्रतियोगिताको प्रथम विजेताले याभफोर कार, दोस्रोले गोल्डेन कप र तेस्रोले सिल्भरकपसँगै नगद राशी र गिफ्ट पाउने छन् ।

तेस्रो मुलुकमा रहेका नेपाली भाषीको नेपाली गीत, संगीतप्रतिको माया र सम्मानलाई अझ सशक्त रुपमा प्रस्फुटन गर्न र नेपाली भाषीमा भएको प्रतिभालाई उजागर गर्न यी दुई रियालिटी शो आयोजना गरिएको उनको भनाइ छ ।

(Visited 42 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *