स्थानीय तह निर्वाचन सम्पन्न भएको ५ दिन बितिसक्दा समेत सुनसरीमा र कपिलवस्तु यी दुई जिल्लाको नतिजा आएन

सेयर गर्नुहोस्

नेपाल समाचार। ०४.०२.२०७९

पोखरा-गत शुक्रबार स्थानीय तह निर्वाचन सकिएर अधिकांश पालिकामा शनिबारदेखि मतगणना सुरु भएको थियो । स्थानीय तह निर्वाचन सम्पन्न भएको ५ दिन बितिसक्दा समेत कपिलवस्तु र सुनसरी यी दुई जिल्लाका कुनै पनि स्थानीय तहको नतिजा आउन सकेको छैन । सुनसरीमा १२ पालिका रहेको छ भने कपिलवस्तुमा १० पालिका रहेका छन् ।

जसमा दुई उपमहानगरपालिका समेत समावेश छ । हालसम्म देशभरका ४१० पालिकाको नतिजा आइसक्दा यी दुई जिल्लाका पालिकामा भने खाता खुल्न नसकेको हो । निर्वाचन आयोगले जेठ ५ गतेभित्र सबै पालिकाको अन्तिम नतिजा सार्वजनिक गर्नेगरी योजना बनाएपनि गणनामा भएको सुस्तताले एक साता लम्बिने देखिएको छ ।

(Visited 44 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *