डिजिटल अडिसन मार्फत प्रारम्भिक चरणको प्रतियोगी छनौट हुने ; ‘नेपाल ट्यालेन्ट हन्ट’

सेयर गर्नुहोस्

नेपाल समाचार। ०३.०२.२०७९

साइना साहारा ग्रुपद्वारा आयोजित ‘नेपाल ट्यालेन्ट हन्ट’ सुरु हुने भएको छ । ट्यालेन्ट हन्टका निर्माता टेकप्रसाद बाँस्तोलाले यो रियालिटी सो नेपालभित्र रहेका अनेक प्रतिभालाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित ‘नेपाल ट्यालेन्ट हन्ट’ सुरु हुन लागेको बताए । यस सोमा कलाकारले गायन, नृत्य, अभिनय, कमेडी आदि विधामा भाग लिन सक्ने बताए ।

डिजिटल अडिसन मार्फत प्रारम्भिक चरणको प्रतियोगी छनौट हुने आयोजक ग्रुपले जनाएको छ र साथै सोको विजेताले ५० लाखदेखि विभिन्न अवसर प्राप्त गर्ने छ । यो बाहेक सम्बन्धित विधामा विजेता बन्ने प्रतियोगीले फिल्म, टेलिसिरियल, म्युजिक भिडिया लगायतमा समेतअवसर प्राप्त गर्नेछन् । सोको निर्णायमा गौरी मल्ल, रमेश उप्रेती, निशा अधिकारी र यम बराल रहेका छन् । शोकमे निर्देशक हरि शर्मा हुन् ।

अडिसनमा सहभागीका लागि प्रतियोगीले १५ सेकेन्डदेखि तीन मिनेटसम्मको भिडियो बनाइ आयोजकको उल्लेख गरेको ठेगानामा पठाउनु पर्नेछ । यसरी अडिसनपछि छानिने प्रतियोगीले क्रमैसँग आफूलाई अब्बल सावित गर्दैै लैजानु पर्नेछ । प्रतियोगीताको विजेता असोजमा घोषणा हुने आयोजकले जनाएको छ ।

(Visited 17 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *