नेपाल समाचार। ०३.०२.१०७९
भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले ६ हजार २०७ मत पाएर अग्रता कायम गरेकी छिन् भने उपमेयरतर्फ नेपाली काँग्रेसका चित्रसेन अधिकारीले ७ हजार ५५८ मतका साथ विजय भएका छन् ।
१८ हजार ५८३ मत गणना गरिसक्दा गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी रेनु दाहालले ९२ मतको अग्रता लिएकी हुन् । नेकपा एमालेका विजय सुवेदीले ६ हजार ११५ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार २२ मत प्राप्त गरेका छन् । राप्रपाकी हिमला गुरुङले ५ हजार १० मत प्राप्त गरेकी छन् ।
अहिले भरतपुर महानगरको वडा नम्बर ५ को मतगणना जारी छ ।
(Visited 11 times, 1 visits today)