पूर्वी रुकुमका तीन स्थानीय तहमा नेकपा माओवादी विजयी

सेयर गर्नुहोस्

नेपाल समाचार। ०३.०२.२०७८

बैशाख ३० गते भएको स्थानीय निर्वाचनको मत गणनमा पूर्वी रुकुमका तीन स्थानीय तहमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । पुथा उत्तरगंगा गाउँपालिमा माओवादीका पुनिराज घर्तीमगर अध्यक्षमा विजयी भएका छन् भने उपाध्यक्षमा भुपेन्द्र बुढामगर विजयी भएको छ ।

त्यसैगरी भुमे गाउँपालिका अध्यक्षमा होमप्रकाश श्रेष्ठ उपाध्यक्षमा सविना बुढा दुबैमा माओवादी विजयी भएपनि घोषणा हुन बाँकी छ । साथै सिस्ने गाउँपालिका अध्यक्ष माओवादीका कृष्णराज रेग्मी विजयी भएका छन् भने उपाध्यक्ष काँग्रेस एमालेबाट संयूक्त उम्मेदवार भएका एमालेका गोपाल रेउले विजयी भएका छन्।

काँग्रेस-एमाले माओवादी विरुद्ध एक भई लड्दा पनि २०७४ सालको निर्वाचनमा अध्यक्ष उपाध्यक्ष सहित तीन पालिका माओवादीले जितेको थियो। यस निर्वाचनमा भने तीन पालिका अध्यक्ष जिते पनि एक पालिका उपाध्यक्ष एमालेले जितेको छ। यस निर्वाचनमा पनि माओवादी विरुद्ध काँग्रेस एमालेले संयूक्त उम्मेदवार उठाएका थिए।

(Visited 25 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *