‘जुनियर स्कुल प्रिन्स एण्ड प्रिन्सेस’ को एउटै स्टेजमा तीन विजेता

सेयर गर्नुहोस्

नेपाल समाचार। २९.०१.२०७८

‘जुनियर स्कुल प्रिन्स एण्ड प्रिन्सेस’ को एउटै स्टेजमा तीन विजेता घोषित गरिएको छ । सिजन मिडियाद्वारा आयोजक ‘जुनियर स्कुल प्रिन्स एण्ड प्रिन्सेस’ प्रतियोगितामा सिनियर, जुनियर र गल्र्स गरे तीन विजेता छानिएको हो । बालिकाको प्रतिभा प्रस्तुति तथा व्यक्तित्व विकासका लागि सिजन मिडियाले विगत १० वर्षदेखि निरन्तर रुपमा आयोजना गर्दै आएको यो प्रतियोगिताको निर्देशक रेजिना तुलाधर हुन् ।

जसअन्तर्गत सिनियर गर्ल्सतर्फ मिनल केसी विजेता बन्दा जुनियर गर्ल्सतर्फ अभानी अर्यालले उपाधि चुमेकी छिन् । व्वाइजतर्फ भने प्रनिश श्रेष्ठ विजयी भए । प्रतियोगितामा सिनियर गर्ल्सतर्फ सिरपा बज्राचार्य फष्ट रनर अप र प्रिशा श्रेष्ठ सेकेन्ड रनर अप भए । जुनियर गल्सतर्फ शुभानी कार्की फष्ट रनर अप, स्मारिका महर्जन सेकेण्ड रनरअप चुनिए ।

प्रतियोगितामा ब्वाइज क्याटगोरीतर्फ प्रिन्स भट्टराईले इनोसेन्ट, सिद्धार्थ घिमिरेले पर्सनालिटी, प्रनिश श्रेष्ठले कन्फिडेन्ट, गौतम घिमिरेले ह्याण्डसम र उज्जनलाल श्रेष्ठले डिसिप्लिन अवार्ड प्राप्त गरे । साथै सुहाना मुसाजुले व्यूटिफूल, प्रिसा श्रेष्ठले चार्मिङ, सिरपा बज्राचार्यले स्मार्ट, सिमोन पोटेले इन्टेलिजेन्स, सिवानी चापागाईले डिसिप्लिन, मिनल केसीले पर्सनालिटी, मेरिन श्रेष्ठले क्यूट र एन्चेन गुरुङले इनोसेन्ट अवार्ड हात पारे ।

यस्तै अभानी अर्यालले कम्फिडेन्ट, सान्भी निरौलाले क्यूट, शुभानी कार्कीले चार्मिङ, अल्विन्का देवकोटाले इनोसेन्ट, स्मारिका महर्जनले स्मार्ट, आर्याना लक्ष्मी गुरुङले व्यूटिफूल, समृद्धि चौहानले डिसिप्लिन,वैभवी श्रेष्ठले एक्टिभ, आरोही तिवारीले इन्टेलिजेन्स र रोजाश्री केसीले पर्सनालिटी अवार्ड प्राप्त गरिन् । विजेता सबैले उपाधिका साथमा बिभिन्न उपहार समेत प्राप्त गरेका थिए ।

(Visited 36 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *