‘सम्झना विर्सना’ ले प्रचार प्रसार बढाउँदै, जेठ ६ मा रिलिज

सेयर गर्नुहोस्

नेपाल समाचार। २७.०१.२०७९

पोखरा -गत शुक्रबार रिलिज भएका फिल्म ‘षडुकोण’ र ‘लक्का जवान’ ले राम्रो दर्शक पाउन सकेको छैन । फिल्मका रिलिज निर्माताहरुले बैशाख ३० गते हुन लागेको स्थानीय चुनाबका कारण दर्शक नभएको भनेर’ गुनासो गरेका छन् ।

यसैबीच आकाश श्रेष्ठ र पूजा शर्माको नयाँ फिल्म ‘सम्झना विर्सना’ ले भने प्रचार प्रसार बढाउँदै लगेको छ ।
जेठ ६ गतेबाट प्रदर्शन हुने यस फिल्मले राम्रो दर्शक पाउने विश्वासका साथ निर्माण युनिटले प्रचार प्रसार बढाएको हो । चुनावी माहोल ६ जेठसम्म सकिने फिल्म रिलिजका लागि सम्पूर्ण तयारी पुरा भइसकेकाले ‘सम्झना विर्सना’ जेठ ६ मै लाग्ने बितरक रोहित कट्टेले बताए ।

साथै ‘सम्झना विर्सना’ मा शिशिर राणा, छुल्ठिम गुरुङको समेत अभिनय देख्न सकिन्छ । आदित्य प्रधान र रेविका प्रधान निर्माता रहेको फिल्म सिलगुडी, दार्जलिङ्ग र सिक्किममा छायांकन गरिएको हो । प्रेमी जोडीहरु बीच हुने बिबिध आरोह अबरोहलाई प्रस्तुत गरिएको फिल्म निमेष प्रधानले निर्देशन गरेका हुन् ।

(Visited 69 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *