नेपाल समाचार। २७.०१.२०७८
जुम्ला-बैशाख १० गते हुने स्थानीय निर्वाचनका लागि जुम्ला जिल्लाका सबै मतदान स्थलहरूमा आज मंगलबार निर्वाचनका लागि चाहिने निर्वाचन सामग्री र मतपेटिका पुगि सकेको छ । मतदान केन्द्रमा खटिएका कर्मचारी , सुरक्षाकर्मी , मतदान अधिकृत सहायक मतदान अधिकृतसहितका कर्मचारी निर्वाचन सामग्रीसहित मतदानस्थलतर्फ निस्केका छन् । जुम्लामा एक सय मतदान केन्द्रमा दुई सय चार जना मतदान अधिकृत तथा सहायक मतदान अधिकृतसहित चार सय ९६ कर्मचारी खटिएका छन् । यस्तै, एक हजार सात सय २१ जना सुरक्षाकर्मी खटिएका छन् ।
कनकासुन्दरी गाउँपालिकाको सबै मतदान केन्द्रका मतदान अधिकृतले सामग्री बुझेर लिइसकेका र अन्य पालिकाका बुझ्दै गरेको जिल्ला निर्वाचन अधिकारी महेश शर्माले जानकारी दिनु भएको छ । सबै पालिकाका मतदान अधिकृतहरूको टोली सबै सामग्री बुझेर मंगलबारै सम्बन्धित ठाउँमा पुग्ने छन् । साथै
जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईका अनुसार सिञ्जा क्षेत्रको सबै टोली निर्धारित स्थलतर्फ लागि सकेको र तिलाको ताम्ति क्षेत्रमा पनि टोली जाने तयारी भइरहेको छ ।