कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता

सेयर गर्नुहोस्

नेपाल समाचार। २७.०१.२०७८

पोखरा-पौडी खेल्ने क्रममा बेपत्ता भएका एक बालक फेला परेका छैनन् । तनहुँको घिरिङ गाउँपालिका–५ धेनुङका १२ वर्षिय ईश्वर विक गाउँपालिका–१ पुट्टारस्थित कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा सोमबार बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्ष युवराज खड्काका अनुसार सोमबार दिउँसोदेखि बेपत्ता भएका बालक अझै फेला परेको छैन । बेपत्ता बालकको आज पनि खोजीकार्य जारी छ । पुट्टारबाट स्याउलीबजार जोडिएको झोलुङ्गे पुलबाट केही तल तीन जना पौडी खेल्न गएकामा दुई जान नदी तर्न सफल भएका थिए भने विकलाई नदीले बगाएर बेपत्ता भएका हुन् ।

(Visited 27 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *