रस अनलाइन खबर आज २०७७-०५-०२
झन्डा जलाउने गीतको सुटिङ भिडियो खिच्ने टिमका क्यामेरा पर्सन इसाक लिम्बु नखिपोटबाट पक्राउ परेका छन् ।
महानगरीय अपराध महाशाखाको टोलीले उनलाई मंगलबार नखिपोटबाट नियन्त्रणमा लिएको हो । अरु ६ जना अझै फरार रहेको प्रहरीका एक अधिकारीले बताए ।
गीत मकवानपुरको एक स्कुलमा सुटिङ गरिएको थियो । प्रहरीले मुलुकी अपराध संहिता २०७४ को दफा १५१ (१) अनुसार उनीहरुलाई मुद्दा चलाउने भएको छ ।
झन्डा जलाउने, राष्ट्रिय गान दुरुपयोग, सामाजिक जातीय, धार्मिक द्वेष फैलाउन पाइँदैन । यो कसुर गरे ३ वर्ष कैद वा ३० हजार जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।
(Visited 10 times, 1 visits today)