अनिल परियारको हत्यामा संलग्नलाई पक्राउ गरी कडा कानुनी कारबाही गर्न नेपाली काँग्रेस चितवनको माग

सेयर गर्नुहोस्

नेपाल समाचार. २६.०१.२०७८

आइतबार राति करिब साढे ७ बजे भरतपुर–७ कृष्णखेल मैदान नजिक अज्ञात समूहको धारिलो हतियार प्रहारबाट मृत्यु भएका काँग्रेस बागमती प्रदेशका प्रतिनिधि अनिल परियारको हत्यामा संलग्नलाई पक्राउ गरी कडा कानुनी कारबाही गर्न नेपाली काँग्रेस चितवनले माग गरेको छन् ।

काँग्रेस चितवन सभापति राजेश्वर खनालले परियारको हत्या घटनाप्रति काँग्रेस चितवनको गम्भीर ध्यानाकर्षण भएको भन्दै सोमबार निकालेको विज्ञप्तिमा भनिएको छ, उक्त घटनाप्रति नेपाली काँग्रेस चितवन खेद प्रकट गर्दै यस घटनाको यथाशीघ्र सत्यतथ्य पत्ता लगाई दोषीमाथि कडा भन्दा कडा सजाय गर्न सम्बन्धित निकायसँग जोडदार माग गर्दछौ । अन्यथा यस घटनाबाट सिर्जना हुने सम्पूर्ण परिस्थितिको जिम्मेवार स्वयम् प्रशासन हुने छ,’ जारी विज्ञप्तिमा भनिएको छ, निर्वाचनको प्रचारप्रसारका बेला परियारमाथि भएको सुनियोजित साङ्घातिक आक्रमणले स्तब्ध बनाएको भन्दै काँग्रेसले घटनाको यथाशीघ्र सत्यतथ्य पत्ता लगाई दोषीमाथि कडा कारबाही गर्न माग गरेको छ ।

‘काँग्रेस बागमती प्रदेश प्रतिनिधि श्री अनिल परियारको मिति २०७९ बैशाख २५ गते साँझ अन्दाजी ७:३० बजे भरतपुर महानगरपालिका वडा नं ७ कृष्णपुर खेल मैदान नजिक अज्ञात समूहबाट धारिलो हतियार प्रहार गरी हत्या गरिएको घटनाप्रति नेपाली काँग्रेस चितवनको गम्भिर ध्यानाकर्षण भएको छ ।’‘निर्वाचनको प्रचार–प्रसारको सिलसिलामा खटिरहेका एक युवा व्यक्तित्व माथी सुनियोजित तरिकाले साङ्घातिक आक्रमण गरि निर्मम तरिकाले हत्या भएको घटनाले नेपाली काँग्रेस चितवनलाई स्तब्ध एवम् मर्माहित तुल्याएको छ ।

(Visited 52 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *