नेपाल समाचार। २२.०१.२०७८
‘मिस युनिभर्स नेपाल–२०२२’को तेस्रो सँस्करणका लागि आवेदन खुल्ला भएको आयोजकले बिहिबार एक कार्यक्रम गर्दै जानकारी दिएका छन् । ‘मिस युनिभर्स नेपाल–२०२२’ मा १८ देखि २८ वर्षसम्मका युवतीहरूले सहभागिता जनाउन सक्नेछन् ।
‘मिस युनिभर्स नेपाल’ को दोस्रो सँस्करण सुजिता बस्नेतले जितेका थिए भने पहिलो अंशिका शर्माले जितेका थिए । सन् २०१७ मा पहिलो पटक प्रतियोगिताको फ्रेन्चाइज नेपालमा ‘मिस नेपाल अर्थ २०१२’ नग्मा श्रेष्ठले व्यक्तिगत व्यक्तिगत पहलमा भित्र्याएकी थिइन् र साथै पहिलो पटक मिस युनिभर्समा नेपालको प्रतिनिधित्व पनि उनी आफैले गरेकी थिइन् ।
११ अगष्टमा प्रतियोगिताको अन्तिम विजेता घोषणा हुनेछ । विजेताले उपाधिका साथमा १० लाख नगद प्राप्त गर्नेछन् । आयोजकका अनुसार प्रतियोगिहरुले एप्लिकेनस मार्फत आवेदन दिनसक्ने छन् ।
(Visited 48 times, 1 visits today)