नेपाल समाचार। २२.०१.२०७८
पोखरा-‘कफी विथ करण’ को नयाँ सिजन नआउने घोषणा भएको छ । फिल्म निर्माता करण जोहरले आफ्नो सामाजिक सञ्जालमार्फत हालै यो घोषणा गरेका हुन् । टक शोको पहिलो सिजन 2004 मा प्रिमियर भएको थियो । वास्तवमा केही दिन अगाडि ‘कफी विथ करण’ शो चाँडै आउँदैछ र यसको सुटिङ मे बाट सुरु हुँदैछ भन्ने खबर आएको थियो ।
तर एक नोट साझा गर्दै करणले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, “नमस्ते, ‘कफी विथ करण’ को ६ सिजनहरू मेरो र तपाईंको जीवनको महत्त्वपूर्ण हिस्सा भएको छ। तर अहिले मैले दु:खको साथ भन्नुपर्छ कि ‘कफी विथ करण’ अब फर्किँदैन ।”
२००४ मा प्रिमियर भएको यो शो मा शाहरुख खान र काजोल विशेष अतिथिको रूपमा थिए। यो शोमा सञ्जय दत्त, ट्विंकल खन्ना, रानी मुखर्जी, करीना कपूर, सोनम कपूर, ऋतिक रोशन, दीपिका पादुकोण, अब्राहम, लारा दत्त , करिश्मा कपूर, सैफ अली खान, एकता कपूर, आमिर खान,सलमान खान, जोनजस्ता सेलिब्रेटीहरू थिए। साथै अमिताभ बच्चन र अन्य धेरै अतिथिको रूपमा शोमा देखा परेका छन्।