नेपाल समाचार। २२.०१.२०७८
नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्धको सुनुवाइ न्यायाधीश सुष्मालता माथेमाको इजलासमा बिहीबार सुरु भएको छ । यसअघि बुधबार सो मुद्दा हेर्दाहेर्दैमा बिहीबारका लागि राखिएको थियो ।
उक्त मुद्दामा आईजीपी नियुक्तिमा असहमति जनाउँदै एआईजी विश्वराज पोखरेलले सोमबार सर्वोच्च अदालतमा रिट निवेदन लिएर आएपछि बहस लम्बिएको हो । पोखरेलले वारेसनामा मार्फत सोमबार सरकारले गरेको उक्त निर्णय खारेज गर्न परमादेशको माग गर्दै रिट दायर गर्नुभएकाे थियाे । आज रिटमाथि पहिलो बहस भएको थियो र उक्त रिटमाथि दिनभर बहस नसकिएपछि भोलिका लागि सारिएको छ ।
मेघराज पोखरेल, सतीशकृष्ण खरेल, हरिहर दाहाल, महादेव यादवलगायतले बहस गरेका थिए भने सिंहको तर्फबाट महान्यायाधिवक्ता खम्मबहादुर खातीसहित वरिष्ठ अधिवक्ताहरू सुशील पन्त, भीमार्जुन आचार्य, टीकाराम भट्टराईलगायतले बहस गरेका थिए ।
उता पोखरेल पक्षमा वकिलहरु मेघराज पोखरेल, सतीशकृष्ण खरेल, हरिहर दाहाल, महादेव यादवलगायतले भने पोखरेल सिनियर एआईजी भएकाले अन्तरिम आदेश हुनुपर्ने माग गरेका थिए । बहसको क्रम नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।