मेलिन राईको गीत ‘एकान्तमा’ सार्वजनिक

सेयर गर्नुहोस्

नेपाल समाचार। २०७९.०१.२०

गायिका मेलिन राईको स्वर रहेको गीत ‘एकान्तमा’ सार्वजनिक भएको छ ।

नु हाङ राईको संगीत र फणिन्द्र राईको एरेञ्ज रहेको गीतमा आपसी मतभेदमा श्रीमान्ले घर छाडेपछि एक्लिएकी युवतीको विरह छ ।

अगम बिकरालको शब्द रहेको गीतको भिडियो दार्जिलिङको मिरिकमा छायाँकन भएको हो । भिडियोमा प्रतिमा लिम्बु र मनेन्द्र गोर्खाको अभिनय छ ।

भिडियोको निर्देशन पनि संगीतकार राईले नै गरेका हुन् । यस अगाडि बिकरालको ‘नसम्झिने बाचासँगै’ गीत पनि लोकप्रिय छ ।

(Visited 19 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *