स्थानीय तहको निर्वाचनलाई लक्षित गरी मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवनमा पूर्णरुपमा रोक

सेयर गर्नुहोस्

नेपाल समाचार। २०७९।०१।२०

पोखरा-स्थानीय तहको निर्वाचनलाई लक्षित गरी मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवनमा पूर्णरुपमा गोरखा जिल्लामा रोक लगाइने भएको छ । वैशाख २५ गतेदेखि आगामी जेठ ७ गतेसम्म जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको सर्वपक्षीय बैठकमा निर्वाचनका बेला शान्ति सुरक्षामा हुनसक्ने घटनालाई दृष्टिगत गर्दै जिल्लाभर मदिराको प्रयोगमा रोक लगाउने निर्णय गरिएको हो ।

जिल्लाभर नै बिहान ७ बजेदेखि साँझ ९ः३० बजेसम्म मात्र होटल, रेष्टुरेण्टलगायत अन्य पेशा व्यवसाय सञ्चालन गर्न पाउने सोमबार बसेको बैठकले निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले जानकारी दिनुभयो ।

निर्वाचनका लागि प्रचारका क्रममा दलहरूबीच शान्ति सुरक्षामा खलल हुने खालका गतिविधि हुन नदिन एकै स्थान, समय र बाटो पर्ने गरी कार्यक्रम आयोजना नगर्ने, चुनाव प्रचारप्रसारका लागि कार्यक्रम गर्दा स्थानीय प्रशासनलाई जानकारी गराएर मात्र सञ्चालन गर्ने सहमति पनि सर्वपक्षीय बैठकमा भएको आचार्यको भनाइ थियो।

बैठकमा निर्वाचन आचारसंहिता पूर्णरुपमा पालना गर्ने, दलहरूबिच प्रचारप्रसारका कार्यक्रम गर्दा सामाजिक सद्भाव कायम राख्ने गरी सञ्चालन गर्ने र निर्वाचन अवधि भरसम्म आवश्यक पर्ने अत्यावश्यक बस्तु तथा सेवाको अभाव हुन नदिन उद्योग वाणिज्य सङ्घ, चेम्बरअर्फ कर्मसलगायत सङ्घसंस्थाले आवश्यक व्यवस्था मिलाउने सहमति पनि भएको थियो ।

(Visited 20 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *