०६.०१.२०७८
पोखरा- आयोजक द हिड्न ट्रेजरले एक विज्ञप्ती जारी गर्दै नयाँ मिस नेपाल अर्थात ‘मिस नेपाल–२०२२’को खोजी सुरु भएको जनाएको छ ।
मिस नेपालमा छनोट हुनका लागि ५ फिट ३ इन्च उचाई र १८ वर्षदेखि २७ वर्ष उमेर हद राखिएको छ ।
सहभागिताका लागि इच्छुकले वैशाख ३१ गतेसम्म आवेदन दिन सक्नेछन् ।
‘मिस नेपाल–२०२२’ प्रतियोगिताबाट सुप्रान्यासनल टाइटल हटाइएको छ । प्रतियोगिताको फाइनल अगामी ४ असारमा आयोजना हुनेछ ।
आयोजकका अनुसार यसपटकको संस्करणमा भाग लिने प्रतियोगिताको मापदण्डमा केही परिवर्तन गरिएको छ ।
सातै प्रदेशमा अडिसन हुने प्रतियोगिताको काठमाडौं, पोखरा, नेपालगञ्ज, धरान, वीरगञ्ज र सुर्खेतमा अप्रिल २२ देखि मे १० सम्म अडिसन चल्ने भएको छ ।
सबै जात, धर्म र सम्प्रदायका भाग लिन सक्ने मिस नेपालमा सहभागिताका लागि निःशुल्क ब्यवस्था भएको
छ ।
(Visited 66 times, 1 visits today)